कक्षा १२ को परीक्षा सर्यो , वैशाख २१ गतेदेखि परिक्षा गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वैशाख ११ गतेबाट हुने परीक्षा स्थकित गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले परिक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।











