शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ ग्रहण कार्यक्रम बिहीबार हुने

संवाददाता
२०८२ बैशाख १०, बुधबार १८:३०

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको बताइएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् । यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*