राजनीति
मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु
काठमाडौ । स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु हुँदैछ। आज मङ्सिर ३ गते बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता पछि, उम्मेदवारहरूको सूची आज साँझ ५ देखि ६ बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगका जनाएको छ । उपनिर्वाचनका लागि ३८ वटा...
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौ । आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । पालिकामा हुन लागेको उपचुनावका लागि निर्वाचन आयोगले आजदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई चुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगकाअनुसार नेपाल सरकार र मन्त्री,...
मकवानपुर हेटौंडा १२ मा उपनिर्वाचन राजनीतिक दलहरूको कडा प्रतिस्पर्धा
हेटौंडा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१२ मा राजनीति माहोल तातेको छ । यस उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धा यस क्षेत्रका प्रमुख राजनीतिक दलहरू बीचमा कडा प्रतिस्पर्धामा परिणत भएको छ। २०७९ सालको स्थानीय निर्काचनमा हेटौंडा-१२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका ललितबहादुर घलान विजयी भएका...
बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी मंसिर ३ गते सार्वजनिक गर्दै
हेटौंडा । आगामी मंसिर ३ गते बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रको बैठकमा उक्त निर्णय गरिएको हो। बैठकको अध्यक्षता नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए। बैठकमा बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक...
बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको १०० दिन पूरा, बिनाविभागीय मन्त्रीको जिम्मेवारी अझै टुंगो लागेन
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकारको एक सय दिन पूरा भएको छ। कात्तिक १५ गते कांग्रेस र एमालेको संयुक्त सरकारको गठन भएको १०० दिन भएको छ तर पनि, सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका मदुकुमार श्रेष्ठको भने अझै जिम्मेवारी तोकिएको छैन् । गत साउन ९ गते...
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौ । पर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।...
राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उहाँ अजरबैजानको बाकु शहर तर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।...
प्रचण्डलाई थाहामा भव्य स्वागत
पूर्व प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरमा आइपुगेका छन्। उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताले अत्यन्तै भव्य स्वागत गरेका छन्। चित्लाङ र बज्रबाराही जस्ता स्थानमा स्थानीय जनता र पार्टीका कार्यकर्ताले प्रचण्डलाई भव्य स्वागत गरेका हुन्। प्रचण्डलाई स्थानीयले सडकको दाँया-बायाँ घडाहरू...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र अहिले गरिरहेको आन्दोलन लगायतबारे छलफल...
सर्वोच्च अदालतका लागि प्रस्ताबित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित
काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे को नाम संसदीय सुनुवाई समितिले अनुमोदित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले यी दुवै न्यायाधीशको नाम योग्यता, क्षमता र अनुभवको आधारमा अनुमोदन गरिएको जानकारी दिएका छन्। संघीय संसदको संयुक्त बैठक र संयुक्त...








