हेटौंडा १२ उपनिर्वाचन अपडेट : दिउँसो १ बजेसम्म ४२६६ मत खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा ४२६६ मत खसेकाे छ ।दिउसाे १ बजेसम्म ४२६६ मत खसेकाे हाे ।
प्रतिभा अाधारभुत विद्यालय सिग्रेनीमा महिला १३३५ र पुरुष १०८७ गरि २४२३ मत खसेकाे छ । भने विष्णुज्योति आधारभूत विद्यालयमा पुरुष ८५८ र महिला ९८५ गरि १८४३ मत खसेकाे हाे । मतदान अझै जारी छ ।
मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । साथै विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा
मतदान केन्द्र निधारण गरिएको छ । हेटौंडा १२ मा पुरुष ३८७८ जना र महिला ४१७४ जना गरि जम्मा ८०५३ जना मतदाताले अाफ्नाे मताधिकार प्रयाेग गर्दै छन् ।