हेटौंडा १२ उपनिर्वाचन अपडेट : अहिलेसम्म २५३७ मतदान खस्याे

संवाददाता
२०८१ मंसिर १६, आईतवार ११:२३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान जारी छ । मतदान बिहान ७ बजेदेखि सुरु भएकाे हाे ।

हालसम्म प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा भने अहिलेसम्म बिहान ११ बजेसम्म ६९५ जना पुरुष र ७६९ जना महिला गरि १४५७ मत खसेकाे छ । विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा पनि पुरुष ५४८ जना र महिला ५३२ जना गरि जम्मा १०८० मत खसेकोकाे छ । जम्मा मतदान २५६७ खसेकाे छ । भने मतदान अझै जारी छ ।

मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २१२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८ मतदाता रहेका छन्।त्यस्तै विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा मतदान केन्द्र निधारण गरिएको छ । साथै पुरुष १७६६ महिला १८९९ गरि जम्मा ३६२५ जना मतदाता रहेछन्। उक्त वडामा जम्मा मतदाता ८०५३ जना रहेका छन् ।

स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष पदकाे लागि विभिन्न दलका १२ जना उम्मेदवारी दिएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*