हेटौंडा १२ मा स्थानीय तह उपनिर्वाचनकाे लागि मतदान हुँदै

संवाददाता
२०८१ मंसिर १६, आईतवार १०:२१

हेटौंडा । आज मंसिर १६ गते रिक्त रहेकाे स्थानीय तहहरुमा उपनिर्वाचन हुँदै छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदकाे लागि आज उपनिर्वाचन हुदैं छ । त्यस्तै आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदकाे उम्मेदवारीकाे लागि स्थानीय तहकाे उपनिर्वाचन भईरहेकाे छ । उपनिर्वाचन बिहान ७ बजेबाट सुरु भएकाे हाे ।

मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २११२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८ मतदाता रहेका छन्।त्यस्तै विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा मतदान केन्द्र निधारण गरिएको छ । साथै पुरुष १७६६ महिला १८५९ गरि जम्मा ३६२५ जना मतदाता रहेछन्। उक्त वडामा जम्मा मतदाता पुरुष ३८७८ र महिला ४१७४  गरि जम्मा  संख्या ८०५३ जना रहेका छन् ।

हालसम्म प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा भने अहिलेसम्म बिहान १० बजेसम्म ५१९ जना पुरुष र ५५३ जना महिला गरि १०७२ मत झरेकाे छ । विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा  भने पुरुष ३८५ जना र महिला ३१३ जना गरि जम्मा ६९८ मत खसेकोकाे छ । मतदान अझै जारी छ ।

उपनिर्वाचनकाे लागि १२ जना उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले ,नेपाल मजदुर किसान पार्टी ,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी र नेपाल स्वतन्त्र पार्टीका तीनजना उम्मेदवारसहित गरि जम्मा १२ जनाको उम्मेदवारी दिएका हुन् ।

मतदान हुने स्थानहरुमा १२० जना सुरक्षा कर्मि परिचालन गरिएकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*