हेटौंडा १२ मा मतदान सकियाे , ५ हजार ४ सय ८२ मत खस्याे

संवाददाता
२०८१ मंसिर १६, आईतवार १८:१६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा मतदान सम्पन्न हुदा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे छ । बेलुका ५ बजे सम्पन्न भएकाे मतदानमा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे हाे ।

प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णु ज्योति आधारभूत विद्यालय भोर्ले गरी दुईवटा मतदान केन्द्र रहेको वडा नम्बर १२ को उपनिर्वाचनमा प्रतिभा अाधारभुत विद्यालय सिग्रेनीमा पुरुष १ हजार ३ सय ७२ महिला १हजार ६ सय ३५ र अन्य १ जना गरि जम्मा ३ हजार ८ मत खसेकाे छ । भने विष्णुज्योति आधारभूत विद्यालयमा पुरुष १ हजार १ सय ८३ र महिला १ हजार २ सय ९१ गरि जम्मा २ हजार ४ सय ७४ मत खसेकाे छ।

हेटौंडा १२ मा स्थानीय तह उपनिर्वाचनमा मतदाताकाे संख्या ८ हजार ५३ रहेकाेमा ५ हजार ४ सय ८२ ले मात्र मतदान गरेका छन्। २ हजार ५ सय ७१ जनाले मतदान गरेनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*