उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने भएको छ । यहि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको अवसर आयोगले सार्वजनिक बिदा दिन लागेको हो ।
उपनिर्वाचन हुने स्थानका स्थानीय तह र वडा कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिन व्यवस्था गर्न आयोगले निर्देशन दिइएको छ। मतदान स्थलको रूपमा विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थल आदिको प्रयोग गरिने छ। साथै, आयोगले मतदाताहरूलाई परिचयपत्र वा अन्य वैध कागजातका आधारमा मतदान गर्न अनुमति दिने जनाएको छ।
उपनिर्वाचन मंसिर १६ गते, आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।