Banner News
१३१ बोतल लागुऔषधसहित १ जना पक्राउ
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्क स्थित डेरामा ONEREX- 100 ML को १३१ बोतल लागूऔषधसहित प्रहरीले बिकास तामाङलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिकास तामाङको डेरामा रितपुर्वक खानतलासी गर्ने...
वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले समृद्ध नेपाल निर्माणको मार्ग वनजङ्गलको संरक्षण र दिगो उपयोगमै रहेको स्पष्ट पार्नुभएको छ। मङ्गलबार हेटौंडामा आयोजित बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र प्राकृतिक विपद्का समस्या समाधान गर्न वनजङ्गलको संरक्षण अपरिहार्य...
कुलेखानी–मातातीर्थ सडक ८ दिन बन्द : वैकल्पिक मार्गको सुझाव
हेटौंडा। काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि महत्वपूर्ण कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नतिको क्रममा ढलानको काम तीव्र गतिमा भइरहेकाले जेठ १३ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालन रोकिएको हो। पूर्वाधार विकास कार्यालय, ललितपुरका अनुसार ढलानको चरणमा पुगेको सडकमा सवारी आवागमन हुँदा निर्माण...
मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
मकवानपुर, थाहा – मकवानपुरको थाहा नगरपालिका–०३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा आज साझ करिब ७:०० बजे भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसको ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको...
माओवादीको मोर्चा विस्तार : नेपाः राष्ट्रिय पार्टीसँग एकता
काठमाडौं । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रले नेपाः राष्ट्रिय पार्टीसँग औपचारिक एकता घोषणा गरेको छ। नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता घोषणा गरेका हुन्। कार्यक्रममा माओवादीका शीर्ष नेताहरूको उपस्थिति देखिनुले यो एकतालाई गम्भीर राजनीतिक सन्देशको रूपमा हेरिएको छ। साँघुरिंदै...
भारतका १६ राज्यमा पुनः सक्रिय कोरोना संक्रमण
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः देखा पर्न थालेको छ। देशका १६ राज्यमा एक हजारभन्दा बढी सक्रिय संक्रमितको पुष्टि भएसँगै सतर्कता अपनाउन थालिएको छ। तर, अधिकारीहरूका अनुसार अहिले देखिएको संक्रमण पहिलाको तुलनामा धेरै हल्का प्रकृतिको रहेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको विवरणअनुसार हाल देशभर १,००९...
एसईई २०८२: रजिस्ट्रेसन फाराम बुझाउने म्याद फेरि लम्बियो, असार ८ सम्म समय
काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि विद्यार्थीहरूको रजिस्ट्रेसन फाराम बुझाउने समयसीमा फेरि लम्बिएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै विद्यार्थी, अभिभावक र विद्यालयहरूबाट आएको मागको सम्बोधनस्वरूप म्याद जेठ ३० गतेसम्म थप गरिएको जनाएको हो।यसअघि बोर्डले वैशाख १२ गते गोरखापत्रमा...
लोडसेडिङ नहुने ऊर्जा मन्त्री दीपक खड्काकाे दाबी
काठमाडौं । पछिल्लो समय बजारमा लोडसेडिङ पुनः सुरु हुने हल्ला चलिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थिति नियमन गर्न सक्रियता देखाएको छ। ऊर्जा मन्त्री दीपक खड्काले हालको विद्युत् आपूर्तिमा कुनै पनि प्रकारको अभाव नरहेको दाबी गर्दै लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ। कुलेश्वरस्थित कालीमाटी नो-लाइट शाखाको निरीक्षणका क्रममा मन्त्री...
आज नेकपा माओवादी केन्द्र र नेसपा एकता घाेषणा हुदै
काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज औपचारिक एकता हुँदैछ। यो एकता कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुनेछ। यस घटनालाई सामान्य पार्टी एकता मात्र नभई, नेसपाभित्रको नेतृत्व सङ्घर्षको निष्कर्षका रूपमा पनि हेरिएको छ। अध्यक्ष महिन्द्र राय यादवको पछिल्लो...
बरिस्ता तालिम लिने ४० जनालाई प्रमाणपत्र हस्तान्तरण
हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास कार्यालय, मकवानपुरको वित्तीय सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सम्पन्न ३२ दिने (१६० घण्टे) बरिस्ता तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। आइतबार आयोजित एक कार्यक्रममा सामाजिक विकास कार्यालय, मकवानपुरका प्रमुख गोपालप्रसाद कँडेल र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी...









