Banner News

हेटौंडा १९ नेवारपानीकाे डम्फिङ साईडमा एक जनाकाे मृत्यु

हेटाैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा एक जनाकाे मृत्यु भएको छ। नेवारपानीस्थित हेटौँडा डेरी उद्योग परिसरको फोहोर डम्फिङ साईडमा प्लास्टिकका भाँडाहरु संकलन गर्ने क्रममा ढलेेर ३५ वर्षीय राजन परियारको मृत्यु भएको हाे । चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, टाँडीका राजन परियार बिहीबार अचेत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ।...

एक तिहाई महिला सहभागिता विषयक बहसमा अधिकार, उपलब्धि र चुनौतीमाथि छलफल

हेटौंडा । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा हेटौंडामा ‘एक तिहाई महिला सहभागिताको कार्यान्वयनमा प्राप्त उपलब्धि र चुनौती’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । अखिल नेपाल महिला संघ जिल्ला कमिटी...

नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार

चितवन । भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो । उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी...

सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मध्याह्न १२ बजे बोलाएका छन् । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ...

प्रेस चौतारी नेपाल मकवानपुर शाखाद्वारा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

हेटौंडा । गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले दीप प्रज्वलन गरेको छ । प्रेस चौतरी नेपालको केन्द्रिय सकुर्लर बमोजिम मकवानपुर शाखाले बिहिबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गर्दै गणतन्त्र दिवस मनाएको हो । कार्यक्रम प्रेस चौतारी मकवानपुरको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष...

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, कृषकका समस्याहरुको समाधानमा सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आज गरिएको छ । जनपत्र मिडिया प्रा.लि.हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा कृषकका समसामयिक समस्याहरुको समाधानमा सांसदहरुको भुमिका सम्वन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् बागमती प्रदेशको उद्योग, पर्यटन,...

आगामी आर्थिक वर्षमा बजेटमा ५.६% वृद्धि, आन्तरिक ऋणमा निर्भरता झनै बढ्यो

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ठूलो हिस्सा पुनः चालु खर्चमा विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको बजेट अनुसार, कुल बजेटमध्ये...

गणतन्त्र दिवसमा एमालेकाे प्रतीकात्मक तरबार र ढालसहित प्रदर्शन

काठमाडौं ।  नेकपा एमालेले गणतन्त्र स्थापनाको उत्सवस्वरूप काठमाडौंमा  अनौठो र प्रतीकात्मक शैलीमा गणतन्त्र दिवस मनाएको छ। काठमाडौंमा गणतन्त्र दिवसमा एमालेको तरबार र ढालसहित प्रदर्शन गरिरहेकाे छ । एमालेका सचिव लेखराज भट्टसहित पार्टीका अग्रपंक्तिका नेताहरूको उपस्थितिमा भएको र्‍यालीमा “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारा लगाईएकाे थियाे । साँस्कृतिक झाँकीसहित...

गणतन्त्रको मूल्यमा प्रधानमन्त्री ओलीको जोड: ‘जनताको मत सर्वोपरि’

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा नागरिक स्वतन्त्रता र जनताको निर्णयको अधिकारलाई लोकतन्त्रको मेरुदण्डका रूपमा चित्रण गरेका छन्। टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धि र यसको निरन्तरताका लागि जनचेतना र जिम्मेवारीपूर्ण संलग्नताको आवश्यकता औंल्याएका हुन् । प्रधानमन्त्री ओलीले भने,...

काठमाडौंमा आज गणतन्त्र दिवस—राजनीतिक ध्रुवीकरण झल्काउने प्रदर्शन, सुरक्षाकाे लागि ८ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सडकमा नेकपा एमाले र राजावादी समुहले प्रर्दशन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गणतन्त्रको उत्सवमा रमाइरहेको छ भने अर्कोतर्फ राजावादी समूहहरू गणतन्त्रको विरोधमा उत्रिएका छन्। नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका...