Banner News
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । हाल देशको पश्चिम र मध्य भागमा...
‘जेन–जी’ को आवाज: पुराना नेताहरूमाथि नयाँ पुस्ताको अविश्वास, बालेन शाह सबैभन्दा लोकप्रिय
काठमाडौं । नेपालमा सामाजिक र राजनीतिक चेतनाको दिशामा ठूलो परिवर्तन देखिएको छ । १३ देखि २८ वर्ष उमेर समूहका युवाहरु – जसलाई ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ – उनीहरूको नेतृत्व रोजाइमा परम्परागत दलका नेताहरू पछाडि परेका छन्, जबकि स्वतन्त्र धारका नेताहरूको लोकप्रियता आकाशिएको छ । सातै प्रदेशका एक हजार १९...
बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियाे
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स हालसम्मकै उच्च मासिक आप्रवाह हो। गत वर्षको यही महिनासम्म जम्मा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियाे,भने यो वर्ष झण्डै ५० अर्ब रुपैयाँले बढी...
आज तुलसीको दल राख्दै
हेटौंडा । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन...
मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाइँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...
यी हुन् पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा मुद्दा परेका सांसदहरु ?
काठमाडौं । पतञ्जलि योगपीठको नाममा भएको जग्गा हदबन्दी छुट प्रकरणमा पाँच पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धानको दायरामा तानिए छन् । मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका डा. मिनेन्द्र रिजाल, महेन्द्र प्रसाद यादव, मृगेन्द्र सिंह यादव, रकम चेम्जोङ र मानबहादुर शाही बिरुद्ध अख्तियारको अनुसन्धानको दायरामा तानिए हुन् । उनिहरुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर भूमिसुधार...
नेपाललको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुग्यो
काठमाडौं । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ । आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ । संसद् सचिवालयमा दर्ता...
माधव कुमार नेपालकाे सांसद पद स्वतः निलम्बनमा
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ। पतञ्जलीलाई राज्यको बहुमूल्य जमिन सस्तो मूल्यमा उपलब्ध गराइएको प्रकरणमा नाम जोडिएपछि आयोगले नेपालको संलग्नतामाथि अनुसन्धान गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा अघि सारेको हो । अख्तियार...
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा विश्व वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।...
हेटौंडामा कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमू सम्पन्न भएको छ। कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के-हामी परियोजनाको सहकार्यमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि...









