यी हुन् पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा मुद्दा परेका सांसदहरु ? 

संवाददाता
२०८२ जेष्ठ २३, बिहीबार १५:५६

काठमाडौं । पतञ्जलि योगपीठको नाममा भएको जग्गा हदबन्दी छुट प्रकरणमा पाँच पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धानको दायरामा तानिए  छन् । मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका डा. मिनेन्द्र रिजाल, महेन्द्र प्रसाद यादव, मृगेन्द्र सिंह यादव, रकम चेम्जोङ र मानबहादुर शाही बिरुद्ध अख्तियारको अनुसन्धानको दायरामा तानिए हुन् ।

उनिहरुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर भूमिसुधार मन्त्रालयबाट आएको प्रस्तावको समर्थन गरेका थिए। तर, अख्तियारले यो सहभागिता ‘प्रक्रियागत’ मात्र भएको र निर्णय निर्माणमा प्रत्यक्ष संलग्नता नभएको ठहर गरेको छ।

पतञ्जलि योगपीठको नाममा भएको जग्गा हदबन्दी छुट प्रकरणमा पाँच पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धानको दायरामा तानिए पनि उनीहरू अहिले कानुनी रूपमा निर्दोष ठहरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि बयान लिएको र प्रक्रियागत भूमिकासमेत छानबिन गरेपछि अन्ततः मुद्दा नचलाउने निर्णय गरेको हो।

तर यसबाट उनीहरू पूर्णतः ‘मुक्त’ भएका छैनन् । अख्तियारले  “हाललाई केही गर्नुपर्ने देखिएन पनि भविष्यमा थप प्रमाण प्राप्त भएमा कानुनबमोजिम गरिने उल्लेख गरेकाे छ ।

अख्तियारले उक्त मन्त्रीहरूलाई पूर्णरूपमा क्लिन चिट दिएको छैन। अनुसन्धान भने अझै जारी रहेकाे बताएकाे छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट मन्त्री डम्बर श्रेष्ठमार्फत प्रस्ताव आएको र अन्तिम निर्णय कानुनमन्त्री प्रेमबहादुर सिंहमार्फत टाइप भएको अख्तियारको अभिलेखले देखाउँछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*