Banner News

कान्तिलोकपथ सडक चार दिन बन्द, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । मकवानपुरको बगुवा क्षेत्रमा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामलाई प्राथमिकता दिँदै प्रशासनले कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म कान्तिलोकपथमार्फत हुने सवारी आवागमन स्थगित गरिने जनाएको हो। बगुवास्थित बागमती खोलामा...

यातायात व्यवसायीहरु यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन...

कृषि ज्ञानरत्न कार्यक्रमले युवामा उत्साह भर्‍यो : मन्त्री श्रेष्ठ

चितवन। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले सुरु गरेको ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवाहरूमा उल्लेखनीय उत्साह थपेको बताउनुभएको छ। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो।...

मुख्यमन्त्री लामालाई उधमशीलता प्रबर्दनका क्षेत्रमा सहकार्य गर्न अध्यक्ष रानाभाटकाे प्रस्ताब

हेटौंडा । निती कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवानपुर उधोग वाणिज्य संघले सहकार्यको प्रस्ताब गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसंगको भेटमा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सरकार र निजी क्षेत्रको सहकार्यमा काम गर्ने गरी उधमशीलता प्रबर्दनका...

राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्ने  क्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई...

कमल थापा पक्राउ परेलगत्तै राजावादीहरूको धर्ना सुरु

काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । कमल थापालाई पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित...

सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि संघर्ष समितिको आन्दोलन घोषणा

सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त बनाउने सरकारी नीतिहरूको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघ र मजदुर संघ–संगठनहरूको केन्द्रीय संघर्ष समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले जेठ १८ गते देशका ६ वटै प्रदेशमा कालो झण्डासहित विरोध र्याली  गर्ने साथै, मागहरू समयमा सम्बोधन नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी...

बजेट कार्यान्वयनको विश्वसनीयतामा जोड, अर्थमन्त्री पौडेलको प्राथमिकता: स्रोत परिचालन र युवा उद्यमिता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार वा महत्वाकांक्षी लक्ष्यभन्दा पनि यसको कार्यान्वयन क्षमतामा केन्द्रित हुनुपर्ने बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने लक्ष्य यथार्थपरक रहेको स्पष्ट पारे। पौडेलले बजेटको दिगोपनालाई प्रमुख प्राथमिकता दिइएको र...

चितवन जिल्लाको विभिन्न ठाउँमा ३ जनाकाे मृत्यु 

चितवन । चितवन जिल्लाको रत्ननगर नगरपालिका–८, श्रीदेवीटोलमा एकजना मानिसको मृत्यु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भई हाल रत्ननगर–१४, श्रीदेवीटोलमा डेरा गरी बस्ने ५० वर्षीय राप्रसाद सहनी मृत्यु भएको हाे । त्यसै गरि भरतपुर महानगरपालिका–२९, बालेटारमा बिहीबार दिउँसो राजेन्द्र आचार्यकाे मृत्यु भएको छ ।  ४२ वर्षीय राजेन्द्र...

बकैया ३ मा गोरेटे बाटोमा लडेर एकजनाको मृत्यु

हेटौंडा  । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका–३, जलजलेमा लडेर एकजनाको मृत्यु भएको छ । ४७ वर्षीय बरूण लामिछानेकाे गाई गोठ नजिक गोरेटे बाटोमा  लडेर मृत भएको हाे । हात्तीसुँडे बजारबाट घरतर्फ जाने क्रममा गाई गोठ नजिक गोरेटे बाटोमा आफैं लडेर मृत अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराएको प्रहरीले उल्लेख गरेको...