Banner News

बागमती प्रदेशको बजेट सार्वजनिकमा ढिलाइ

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तय गरिएको समयभन्दा ढिलाइ भएको छ। आइतबार साँझ ६:३० बजे प्रदेश सभामा बजेट पेश गर्ने भनिए पनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक सारिएपछि बजेट आउन ढिलाइ भएको हो  । सरकारले बजेट स्वीकृत गर्ने उद्देश्यले बोलाएको मन्त्रिपरिषद् बैठक झन्डै दुई घण्टा...

मधेश प्रदेशमा ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको...

प्रतिनिधि सभा : प्रतिपक्षको अवरोधबीच पनि नियमित कार्यसूची अघि बढ्यो

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध र अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठकले ३ घण्टा १७ मिनेटसम्म नियमित कार्यसूची अघि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक अवधिभर नाराबाजी गर्दै वेल घेरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरेका थिए। यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले...

कोशी प्रदेशमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्। यस वर्षको बजेटमा चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ...

बजेटमा पुँजीपति वर्गलाई प्राथमिकता दिइएको उपमहासचिव वर्षमान पुनकाे आरोप

काठमाडौं । नेकपा माओवादि केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सर्वसाधारणको हितभन्दा बढी उच्च वर्ग र पुँजीपति वर्गलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपमहासचिव पुनले सरकारले ल्याएको बजेटले निम्न वर्ग र युवाहरूका लागि कुनै उल्लेखनीय कार्यक्रम नल्याएको बताए। उनले भने,...

बागमती प्रदेश सभा बैठक समय परिवर्तन, आज साँझ ६:३० बजे बस्ने

हेटौंडा । बागमती प्रदेश सभा बैठक आज आइतबार साँझ ६:३० बजेका लागि पुन: निर्धारण गरिएको छ। यसअघि दिउँसो ३:०० बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभामुख भुवनकुमार पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) अनुसार बैठकको नयाँ...

नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट नियमित विद्युत् निर्यात प्रारम्भ

काठमाडौं । नेपालले आजबाट बंगलादेशतर्फ नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शनिबार रातिदेखि विद्युत् प्रवाह सुरु भएको पुष्टि गर्दै यस दिनलाई “ऐतिहासिक उपलब्धि” को रूपमा घोषणा गरेका छन्। यो कदम केवल ऊर्जा व्यापारको विकास मात्र नभई, नेपालले भारतमार्फत...

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र...

एसईई प्रदेश सरकारमार्फत सञ्चालन गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० केन्द्रबाट नभई प्रदेश सरकारमार्फत सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको विद्यालय शिक्षा विधेयक सम्बन्धी छलफलमा मन्त्री रघुजी पन्तले उक्त प्रस्ताव राख्दै स्थानीय तह र प्रदेश सरकारबीचको भूमिका स्पष्ट गर्नुपर्ने...

हेटौडामा ब्रेक फेल भएको बसले कार र ट्याङ्कर ठक्करलाई दिँदा १० जना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ डाइभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। बसको ब्रेक फेल भएपछि कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्। बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको कार र सोही दिशातर्फ गइरहेको ट्याङ्कर ९ना...