एसईई प्रदेश सरकारमार्फत सञ्चालन गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

संवाददाता
२०८२ जेष्ठ ३२, शनिबार १७:२७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० केन्द्रबाट नभई प्रदेश सरकारमार्फत सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको विद्यालय शिक्षा विधेयक सम्बन्धी छलफलमा मन्त्री रघुजी पन्तले उक्त प्रस्ताव राख्दै स्थानीय तह र प्रदेश सरकारबीचको भूमिका स्पष्ट गर्नुपर्ने समय आएको बताएका छन्।

मन्त्री पन्तले भने ,अधिकार स्थानीय तहको हो, तर त्यसको प्रयोग विधिवत्, मर्यादित र शिक्षाको गुणस्तरसँग जोडिएको हुनुपर्छ। उनले शिक्षकको योग्यता तोक्ने जिम्मा शिक्षा सेवा आयोगमा रहने स्पष्ट पारेका छन् ।

शिक्षा मन्त्रालयको नीति कार्यक्रममा समेत प्रदेशलाई एसईईको जिम्मेवारी दिने विषय उल्लेख गरिसकिएको उनले स्मरण गराएका छन् ।

त्यसैगरी, मन्त्री पन्तले निजी विद्यालयलाई गुठी वा कम्पनीको संरचनामा सञ्चालन गर्ने प्रस्ताव पनि गरेका छन्  । निजी विद्यालयलाई पूर्णतः निषेध गरेर जान नसकिँने, तर कडाइका साथ नियमन गरेर शिक्षालाई मुनाफामुखी नभई सेवा मूलक ढाँचामा लैजानुपर्ने धारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*