समाचार
चितवनमा रक्तदानसम्बन्धि सचेतनामूलक स्टिकर अभियान सम्पन्न
चितवन । रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘ मिसन रेड अभियान ’ ले चितवनको चौबिसकोठी चोकमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ । जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्थाको सहकार्यमा भएको यस अभियानमा स्थानीय र लामो दूरीका सवारीसाधनमा ६०० स्टिकर टाँसिएको हो...
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा राजु नेपाल वस्तुगत तर्फको साझा उम्मेदवार
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वस्तुगत तर्फको सदस्यका लागि संघका अध्यक्ष राजु नेपाललाई उम्मेदवार बनाउने सर्बसम्मत प्रस्ताव गरिएको छ। शनिबार बस्तीपुरमा भएको संघको भेलामा नेपाललाई उम्मेदवार चयन गर्न र उनका पक्षमा सम्पूर्ण व्यवसायीहरूको साझा उम्मेदवारको रूपमा मतदान गर्ने निर्णय गरिएको हो। संघका संस्थापक अध्यक्ष गोकर्ण सुबेदी,...
संविधान संशोधनका लागि सबै पक्षको सहमति अवश्यक छ : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह
बर्दिवास। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै पक्षको सहमति आवश्यक रहेकोमा जोड दिनुभएको छ। आज बर्दिवासमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटमा उहाँले वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउनुभयो। सिंहले भन्नुभयो, हामीले सबै दलसँग पर्याप्त छलफल र गृहकार्य गरेर संविधान संशोधन गर्ने प्रक्रिया...
गल्ती गरेपछि सडक आन्दोलनमार्फत मुक्ति चाहनु भनेको गलत हो : मन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनमार्फत मुक्ति पाइने कुरा नसोच्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस किसिमको सोच नकारात्मक रहेको बताएका हुन्। मन्त्री गुरुङले पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै, “गल्ती गरेको छैन भने न्यायिक छानबिनबाट नतर्सिनुहोस्” भने।...
साईरा कार्कीको लालि जोवन कभर गित सार्बजनिक
काठमाडौं । साईरा कार्कीको नयाँ गीत लाली जोवनको कभर भर्सन हालै सार्वजनिक गरिएको छ । यस गीतको छायांकन पर्यटकीय स्थल घान्द्रुकमा गरीएको हो । गितको अझ रोचक पक्ष एक दिनमा आईफोन १५ प्रोम्याक्सबाट छांयाकन गरीएकोे हो । अग्रेजि नयाँ वर्ष २०२५ को अवसरमा उक्त कभर गित ससार्वजनिक गरिएको हो...
काठमाडौंमा गजकेशर थामे अधिकारीहरुद्वारा आजदेखि मैत्रीपूर्ण फुटसल शुरु हुदै
काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरु गर्न लागेकाे हाे । मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार फुटसलमा अाज पुस २० गते, शनिबार दिउँसो...
मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना, दुई घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि आज दिउँसो करिब २ः३० बजे एक सरकारी मोटरसाईकल र एक निजी स्कुटर एक आपसमा ठोकिएको छ । दुर्घटनामा दुबै सवारी साधनका चालक घाइते भएका छन्। मानसचोकबाट मनकामना चोक तर्फ जादैं गरेको बागमती प्रदेश ०३(००५प ६५२६ नम्बरको टिभियस कम्पनिको वेगो स्कुटर...
उपप्रधानमन्त्री प्रकाशमान सिंहले आर्थिक सम्पन्नता र राजनीतिक स्थिरताको लागि काँग्रेस र एमालेको सहयोगमा जोड दिए
काठमाडौँ . उपप्रधानमन्त्री र शहरी विकासमन्त्री प्रकाशमान सिंहले हालका राजनीतिक घटनाक्रममा आफूलाई प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नता र राजनीतिक स्थिरता हासिल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले काँग्रेस पार्टीलाई जिम्मेवार दलको रूपमा काम गर्न आग्रह गर्दै कार्यकर्ताहरुलाई जनताको चासो र आवश्यकतासँग मेल खाने कार्य गर्न अपिल गरे। काठमाडौँमा...
इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म...
इस्वी संवतको पहिलो दिन नेपाली टोपी र राष्ट्रिय पोशाक दिवस मनाइँदै
हेटौंडा । आज इस्वी संवतको नयाँ वर्ष २०२५ को अवसरमा राष्ट्रिय पोशाक र टोपी दिवस मनाइँदै छ। यो दिवस विशेषतस् नेपाली टोपी र पोशाकको सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले मनाइन्छ। केही वर्षअघि देखि स्वतःस्फूर्त रूपमा यस दिनलाई राष्ट्रिय पोशाक दिवसको रूपमा मनाउन थालिएको हो। नेपाली टोपीको सांस्कृतिक र ऐतिहासिक...










