मकवानपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, तिब्र प्रतिस्पर्धामा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट

संवाददाता
२०८१ पुष २७, शनिबार १६:५३

मकवानपुर। मकवानपुर उद्योग वाणिज्य संघको मतदान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। यस मतदानमा अध्यक्ष पदका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच तिब्र प्रतिस्पर्धा रहेको थियो।

मतदान प्रक्रिया आज अपराह्न ४ बजे सम्पन्न भएको छ, जसमा कुल २०६६ मतदाता मध्ये १८१६ मत खसेको थियो। जसमा बस्तुगततर्फ २६, एशोसीएटमा ८१, उद्योगमा ५५५ र बाणिज्यतर्फ ११५४ मत गरी जम्मा १८१६ मत खसेको हो । मतगणना आजै ८ बजेबाट सुरुहुने एशोसीएट तर्फबाट उपाध्यक्ष पदका उम्मेद्वार उज्वल चौलागाँईले जानकारी दिनुभयो। यस निर्वाचनले मकवानपुरका व्यवसायीलाई मात्र होइन, समग्र प्रदेशको राजनीति र उद्योग वाणिज्य क्षेत्रलाई पनि ठूलो प्रभाव पार्ने संकेत गरेको छ।

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं अधिवेशनले प्रदेशका व्यवसायीहरुको ध्यान आकर्षित मात्र नगरेर, स्थानीय राजनीतिक वातावरणलाई पनि उत्साहित बनाएको छ। निर्वाचनमा उम्मेदवारी दिएका मध्ये केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने अन्य सदस्यहरूको चयन भने मतदान प्रक्रियामा भइरहेको छ। ७ जना पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवाललाई कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन प्राप्त छ भने प्रमोद सिंह रानाभाटलाई कांग्रेस सहमहामन्त्री डिना उपाध्याय र नेता आनन्दराम पराजुलीको साथ छ। यसले निर्वाचनलाई अझ प्रतिस्पर्धी बनाएको छ।

यस निर्वाचनको परिणामले केवल व्यवसायिक क्षेत्रको भविष्य मात्र निर्धारण गर्ने छैन, बरु मकवानपुरको राजनीतिक शक्तिको संरचनामा पनि महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*