समाचार
मदन भुजेलको नेपाल सरकारको सचिब पदमा बढुवा
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ चिसापानीमा घर भएका मदन भुजेलको नेपाल सरकारको सचिब पदमा बढुवा भएको छ । प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय भएको हो । बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश...
बन्धकहरूलाई रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिनुभएको छ । उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो । ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष...
मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । उक्त नवजात शिशु फेला परेको शव (छोरी) रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन । २० फागुन मंगलबार अपराह्न साढे...
आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस
काठमाडौ । आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस । हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश दिने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि आमविनाशकारी हतियार र...
तराईका युवा कृषकहरूका लागि ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ शुरु
रुपन्देही । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उधमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा ७ दिने ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ आयोजना गरेको छ । यो तालिम कृषि प्रणालीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्ने, कृषकहरूलाई व्यावसायिक बनाउने तथा...
प्रेम सम्बन्धमा रहेका युवा–युवती एउटै रुखमा झुन्डिएको अवश्थामा मृत फेला
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । दुई युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । कार्यालयका प्रमुख एसपी नारायण प्रसाद चिमरियाले पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको...
सिभिल अस्पताल प्रालिका सञ्चालक पक्राउ, अस्पताल संचालनको मापदण्ड उल्लंघन
रौतहट – रौतहटको चन्द्रपुर–४ स्थित सिभिल अस्पताल प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको मापदण्ड पूरा नगरेको र अनुगमनपछि सञ्चालन अनुमति नगरी अस्पताल खोलेको आरोपमा सञ्चालकलाई पक्राउ गरिएको हो। गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिभिल अस्पताल र अन्य केही स्वास्थ्य संस्थाहरूको अनुगमन गर्दै यी अस्पतालहरूका सञ्चालनमा मापदण्डको...
बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र गति सँग, रोशीखोला क्षेत्र प्राथमिकता
रामेछाप – गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको मर्मत कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। वर्षा याममा पनि यातायात सञ्चालन सम्भव बनाउनको लागि अस्थायी मर्मत कार्य सुरु गरिएको हो। सडक डिभिजन कार्यालयले आफ्ना उपकरणहरूको प्रयोग गर्दै मर्मत कार्यको गति बढाएको छ। विशेष गरी, बाढीले प्रभावित...
नारायणी यातायात व्यवसायी संघले साधारण सभा र स्वास्थ्य सेवा कार्यक्रमको आयोजना गर्ने
हेटौंडा । नारायणी यातायात व्यवसायी संघले आगामी फागुन १७ गते आफ्नो साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। उक्त सभा हेटौंडाको पल्पसा प्याराडाईज होममा हुने छ। साधारण सभाको अवसरमा संघले विशेष स्वास्थ्य सेवा कार्यक्रम पनि आयोजना गर्ने छ। बिहान ७:३० बजेबाट मेडिसिटी अस्पतालका एक जना अर्थोपेडिक विशेषज्ञ सहित ९...
नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा
हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ। प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ,...










