मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।
उक्त नवजात शिशु फेला परेको शव (छोरी) रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन ।
२० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने डिएसपी अर्यालले जानकारी दिए ।