मदन भुजेलको नेपाल सरकारको सचिब पदमा बढुवा

संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १०:४३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ चिसापानीमा घर भएका मदन भुजेलको नेपाल सरकारको सचिब पदमा बढुवा भएको छ ।

प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय भएको हो ।

बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश गरेको थियो । भुजेल मधेश प्रदेशको कायममुकायम सचिबका रुपमा कार्यरत हुनुहुन्छ । अब भने उहाँ मधेश प्रदेशको प्रमुख सचिबका रुपमा रहनु हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*