नारायणी यातायात व्यवसायी संघले साधारण सभा र स्वास्थ्य सेवा कार्यक्रमको आयोजना गर्ने

संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १८:३०

हेटौंडा । नारायणी यातायात व्यवसायी संघले आगामी फागुन १७ गते आफ्नो साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। उक्त सभा हेटौंडाको पल्पसा प्याराडाईज होममा हुने छ।

साधारण सभाको अवसरमा संघले विशेष स्वास्थ्य सेवा कार्यक्रम पनि आयोजना गर्ने छ।

बिहान ७:३० बजेबाट मेडिसिटी अस्पतालका एक जना अर्थोपेडिक विशेषज्ञ सहित ९ जना डाक्टरहरूको टोली उपस्थित गराउने योजना बनाएको छ। यी डाक्टरहरूले यातायात व्यवसायी संघका सदस्य र स्थानीयलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्नेछन्।

यसका साथै, पिसाब परीक्षणमार्फत किड्नीको स्वास्थ्य जाँच पनि निःशुल्क गरिने जानकारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*