समाचार
भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि ४ गतेसम्म ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हुने भएको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. ले संयुक्त रुपमा ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल...
हेटौँडामा “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट महायज्ञ सुरु
हेटौँडा । ग्रामिण जीवनस्तर मञ्चले हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ मा संचालन गर्दै आईरहेको “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट हेटौँडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ । २०६५ सालबाट संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपन बनाउनको लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती तथा...
हेटौंडा अस्पतालमा कण्डम साक्षरता कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा अस्पतालले एड्स हेल्थकेयर फाउन्डेशन (AHF) नेपालको सहकार्यमा कण्डम साक्षरता कार्यक्रम गरेकाे छ। उक्त कार्यक्रममा ६० जना कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व गर्नु हुदै वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि बहादुर खड्काले कण्डमको प्रभावकारिता, प्रकार, सही प्रयोग गर्ने तरिका, सामाजिक तथा सांस्कृतिक अवरोधहरू तथा नेपालमा कण्डम वितरण...
सिन्धुपाल्चोकको हेलम्बुमा ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुँदै
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘ आराम, आनन्द र आरोग्य ’ भन्ने नाराका साथ ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन ३ गते स्वास्थ्य शिविर हुन लागेको हो ।...
मोक्तानको घरमा आगोलागी
हेटौंडा । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईकाे एक घरमा आगोलागी भएकाे छ । आगोलागीकाे कारण घर पुर्ण रुपमा जलेकाे प्रहरीले जनाएकाे छ । स्थानीय अजय मोक्तानको जस्ताले छाएको भुईतले काठ र माटोले बनेको कच्चि घरमा चुलोबाट अचानक कपडामा आगो सल्की आगलागी हुँदा घर जलेको हो । आगलागीबाट...
माघ शुक्ल पूर्णिमाका दिन आज स्वस्थानी व्रत कथाको समापन गरिदैं
हेटौंडा । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा...
चितवनका ६ वटा सामुदायिक विद्यालयलाई बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग
चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक विद्यालय, श्री आदर्श माध्यमिक विद्यालय, श्री भीमनगर माध्यमिक...
‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ को लागि बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रा.लि. बीच दुई पक्षीय सम्झौता
ललितपुर । ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ को लागि बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रा.लि. बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ लिमिटेड र खल्ती प्रा.लि. को बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने...
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कृत
धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई...
आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश
हेटौंडा । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश गरेको छ ।भ्रष्टाचार नियन्त्रणका लागि स्थापित आयोगले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवर्द्धनात्मक र संस्थागत क्षमता...










