मोक्तानको घरमा आगोलागी

हेटौंडा । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईकाे एक घरमा आगोलागी भएकाे छ । आगोलागीकाे कारण घर पुर्ण रुपमा जलेकाे प्रहरीले जनाएकाे छ ।
स्थानीय अजय मोक्तानको जस्ताले छाएको भुईतले काठ र माटोले बनेको कच्चि घरमा चुलोबाट अचानक कपडामा आगो सल्की आगलागी हुँदा घर जलेको हो ।
आगलागीबाट मानबिय तथा चौपाया क्षति नभएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगोलागीबाट अन्नपात कोदो, पिठो लगायतका अन्न र भाडाकुँडा जलेको प्रहरीले जनाएको छ ।