आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश

हेटौंडा । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश गरेको छ ।भ्रष्टाचार नियन्त्रणका लागि स्थापित आयोगले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।
नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ ।
संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।
आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियारले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिमाथि कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ । त्यसै गरि आज हेटौंडामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे ३४ औँ स्थापना दिवस विविध कार्यक्रम गर्दै भनाउने भएकाे छ ।