समाचार

प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने...

हेटौंडा उपमहानगरपालिकाले फोहोर नउठाउने

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेकाे छ । उक्त निषेधाज्ञा जारी भए सगैं बिहीबारबाट उपमहानगरपालिकाले फोहोर नउठाउने जनाएको छ । उपमहानगरपालिकाले आफ्नै कर्मचारीमार्फत निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरका २३ हजार घरधुरीबाट फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ । हेटौंडा–१०,...

रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनकाे आदेश

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने हिजो अदालतमा उपस्थित...

बागमती प्रदेशसभा बैठक हुदै

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज विहान ११ बजेबाट सुरु भएकाे छ । सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएपछि आज बैठक बसिरहेको   छ । बैठकमा प्रदेशसभामा...

चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका...

प्रेस चौतारी नेपाल मकवानपुरले मनायो २७ औं स्थापना दिवस

मकवानपुर – प्रेस चौतारी नेपाल मकवानपुरले आज आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। यो अवसरमा मकवानपुरका सञ्चारकर्मीहरूको ठूलो सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सरिता दहालले र प्रमुख अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य र मकवानपुर इन्चार्ज रामेश्वर रानाले गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरद्वारा शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले जनयुद्धका महान सहिद बिर बहादुर थोकरकी जीवन सँगिनी शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो । आइतबार एक शोक वक्तव्य निकाल्दै नेकपा मकवानपुरले थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो । १० वर्षे जनयुद्धमा मनहरी-२, भिमान आक्रमणमा सहादत...

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैं नशालु ’ सार्वजनिक ( भिडियो सहित )

चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैं नशालु ’ बोलको गीत सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि. द्वारा...

८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह ‘ द स्प्राउटिङ स्टोरीज ’ लोकार्पण

काठमाडौं । आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह ‘ द स्प्राउटिङ स्टोरीज ’ को लोकार्पण भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन् । संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन

हेटौंडा । प्रेस चौतारी मकवानपुरको नबौ अधिवेशनबाट सरिता दाहाल अध्यक्ष पदमा चयन हुनु भएको छ । अधिवेसनले दाहालको नेतृत्वमा १२ कार्यसमिति चयन गरेको छ , भने एक जना सदस्य भने कमिटी बैठकबाट चयन गरिने भएको छ । त्यसै गरि, उपाध्यक्षमा पुरुषतर्फबाट शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन भएका...