समाचार

हेटौंडा १० टिसिएन चौरमा सोनाम ल्होछार पर्व मनाउँदै 

हेटौंडा । आज तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै छन् ।  माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँन लागेका हुन् । आज बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वडा नम्बर  १० टिसिएन चौरमा सोनाम ल्होछार पर्वको अवसरमा बृहत साँस्कृतिक काय्र्रक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोम्बो ,...

आज सोनाम ल्होसार मनाउँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् । तामाङ समुदायको बाहुल्य रहेको...

सहिद दिवसका अवसरमा सहिदहरूको योगदानको कदर, राष्ट्रिय एकता र लोकतन्त्रको स्थायीत्वको आह्वान

हेटौंडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरूको योगदानको उचित कदर गर्दै मुलुकको गणतान्त्रिक प्रजातन्त्रको भविष्यलाई सुरक्षित र सशक्त बनाउन सबैलाई सहिदहरूको संघर्ष र बलिदानको महत्व बुझ्न आवश्यक रहेको बताउनु भएको छ । आज हेटौंडा ११ सहिद स्मारकममा आयोजित सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरूले राष्ट्रको स्वतन्त्रता र प्रजातन्त्रको...

सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान...

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त

हेटौंडा  । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शहीद दिवस २०८१ को अवसरमा शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले बुधबार शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै शहीदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो...

आज शहीद दिवस मनाइँदै

हेटौंडा  । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । २००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह...

सञ्चारिका समूह मकवानपुरको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय  कार्यसमिति  चयन

  हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् ।...

नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण शभा सम्पन्न

ललितपुर । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८० / ०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको हो । महासंघले कृषि सम्बन्धि राष्ट्रिय...

निर्माण व्यवसायी संघ मकवानपुरले दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ आयोजना गर्ने

मकवानपुर। निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ आयोजना गर्ने घोषणा गरेको छ। महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म चल्नेछ। यसअघि १० वर्ष अगाडि संघले सफलतापूर्वक पहिलो राष्ट्रिय निर्माण महोत्सव आयोजना गरेको थियो। महोत्सवको मुख्य उद्देश्य निर्माण उद्योगका वर्तमान समस्याहरू, चुनौतीहरू र...

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । बैठकले संसद बैठकको आगामी क्यालेन्डर...