हेटौंडा १० टिसिएन चौरमा सोनाम ल्होछार पर्व मनाउँदै 

संवाददाता
२०८१ माघ १७, बिहीबार ०९:१२

हेटौंडा । आज तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै छन् ।  माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँन लागेका हुन् ।

आज बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वडा नम्बर  १० टिसिएन चौरमा सोनाम ल्होछार पर्वको अवसरमा बृहत साँस्कृतिक काय्र्रक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोम्बो , लामा झाकी सहितको र्याली गरिने भएकाे छ । यसै गरि ल्होछारको शुभकाना आदान प्रदान, सम्मान तथा तामाङ कलाकारहरुको साँस्कृतिक प्रस्तुति पनि रहने छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

आज सोनाम ल्होछारको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*