समाचार
जेन–जी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा, मन्त्री देवकोटाद्वारा निरीक्षण
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मतसम्भार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । मङ्गलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौंडास्थित ४ वटा मन्त्रालय रहेको पाँचतले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनहरूको निरीक्षण...
मदन भण्डारी प्रतिष्ठानको शैक्षिक प्रिफ्याक भवन निर्माण सुरु
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान का शैक्षिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले हेटौंडा–१० टिसियन क्षेत्रमा प्रिफ्याक भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। करिब ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागत मा निर्माण हुने भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण...
हेटौंडा अस्पतालको नयाँ आधुनिक भवन उद्घाटन
हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालित हेटौंडा अस्पताल मा निर्माण सम्पन्न आधुनिक भवनको बिहीबार उद्घाटन गरिएको छ। इन्द्र बहादुर बानियाँ ले भवन उद्घाटन गर्दै स्वास्थ्य सेवा विस्तार गरी छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। करिब २८ करोड ५४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण...
देशभर तापक्रम बढ्दै
काठमाडौं– देशको अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस...
इनिशा बिक हत्या प्रकरणको दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं । इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन-जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाल लगायतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा...
समानुपातिकतर्फ ५० लाख मत कटाउने पहिलो दल बन्यो रास्वपा
काठमाडौं । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा अहिलेसम्म ५० लाख १५ हजार ५ सय ५२ मत प्राप्त गरेको छ । समानुपातिक प्रणालीमा ५० लाख मत कटाएर रास्वपाले नयाँ कीर्तिमान कायम गरेको आयोगले जनाएको छ। पछिल्ला निर्वाचनहरूमा कुनै पनि राजनीतिक दलले...
भुटानी प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् । प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई...
३ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँ बढेको जनाएको छ । महासंघले मंगलबार सुनको भाउ तोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ३१०...
प्रत्यक्षतर्फको मतगणनामा रास्वपाले एक सय सिट जित्यो
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो । दोस्रोमा नेपाली कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट...
मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरर्दै विजयी भएका हुन्। उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली...










