इनिशा बिक हत्या प्रकरणको दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

संवाददाता
२०८२ फाल्गुन २८, बिहीबार १६:२३

काठमाडौं । इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उत्पीडित जेन-जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाल लगायतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

साथै उनीहरूले सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*