समाचार

जेन्जी आन्दोलनका क्रममा फरार तीन कैदिबन्दी पक्राउ

हेटौंडा । जेन्जी आन्दोलनको क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौंडाबाट फरार भएका तीन जना कैदिबन्दी पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार रहेका ज्यान जोगाउने कसुर मुद्दाका प्रतिवादी बागमती गाउँपालिका–६ कैलेडाँडा निवासी अन्दाजी ३० वर्षीय मुन्ना स्याङ्तान तथा लागूऔषध ट्रामाडोल...

बागमती प्रदेशमा सडक निर्माणसँगै जीविकोपार्जन कार्यक्रम लागू गरिँदै

हेटौंडा । बागमती प्रदेश सरकारले सडक पूर्वाधार निर्माणलाई अब अनिवार्य रूपमा स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोड्ने नीति अघि सारेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडकले सहरको सामान गाउँ पुयाउने तर गाउँको उत्पादन सहर नल्याउने हो भने त्यसले परनिर्भरता मात्र बढाउने बताउनुभएको छ। ‘प्रादेशिक सडकमार्फत...

प्रदेश सरकारद्वारा सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा सुरु

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक भौतिक संरचनाहरूलाई पूर्ण रूपमा अपाङ्गतामैत्री र सबै नागरिकको सहज पहुँचयोग्य बनाउन ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार हेटौंडामा आयोजना गरेको विशेष कार्यशाला तथा कार्यदलको पहिलो...

हेटौँडाका सञ्जीव अर्याल राष्ट्रिय लिगमा चित्लाङ एफसीबाट खेल्दै

हेटौँडा । हेटौँडा–५ का सञ्जीव अर्याल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लबबाट खेल्ने भएका छन्। शुक्रबार चित्लाङ एफसीसँग सम्झौता भएपछि अर्यालले क्लबको प्रतिनिधित्व गर्ने पक्का भएको हो। विसं २०७४ सालदेखि व्यावसायिक फुटबलमा सक्रिय अर्यालले यु–१४, यु–१५ र यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। पिप्ले युवा क्लबबाट फुटबल सुरु गरेका...

किसानलाई मर्का पारेर बिचौलिया मोटाउन दिँदैनौँ – मन्त्री पौडेल

हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूधन पौडेलले किसानलाई मर्का पार्ने बिचौलियामाथि प्रदेश सरकारले नीतिगत रूपमा र आवश्यक परे प्रत्यक्ष बजार हस्तक्षेप गर्ने स्पष्ट पारेका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब पाँच महिनाको अवधिमा सम्पन्न काम, आगामी योजना तथा किसानले भोग्दै आएका समस्याबारे जानकारी गराउँदै मन्त्री पौडेलले...

नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग

मकवानपुर । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालय (हेटौँडा गुरुकुल) मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरिएको हो। नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य...

भीमफेदीमा सुमो दुर्घटना, ९ जना घाइते मध्य ६ जनाको मृत्यु

भीमफेदी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका मध्य ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आज साँझ काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

भीमफेदीमा सुमो दुर्घटना, ९ जना घाइते

 भीमफेदी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। आज साँझ काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। प्रहरी टोलीले सुमोमा सवार ९ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ...

ट्राफिक प्रहरी घाइते बनाइ फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता

हेटौडा। मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ट्राफिक चेकिङका क्रममा प्रहरी जवानलाई घाइते बनाई फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता गरिएको छ। गत बिहीवार साँझ ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सवारी चालकले ठक्कर दिई घाइते बनाइ फरार भएका थिए । घटनामा संलग्न चालक हेटौडा उपमहानगरपालिका–४ का ४६ वर्षीय बासुदेव आचार्यलाई...

ट्राफिक प्रहरी घाइते बनाउने चालक र कार प्रहरीकाे नियन्त्रणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्‍याङमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार भएका चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कार चालकलाई चितवन जिल्लाको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नम्बर...