ट्राफिक प्रहरी घाइते बनाइ फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता

संवाददाता
२०८२ पुष २०, आईतवार १८:५२

हेटौडा। मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ट्राफिक चेकिङका क्रममा प्रहरी जवानलाई घाइते बनाई फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

गत बिहीवार साँझ ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सवारी चालकले ठक्कर दिई घाइते बनाइ फरार भएका थिए ।

घटनामा संलग्न चालक हेटौडा उपमहानगरपालिका–४ का ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यसैगरी, उक्त सवारी तथा चालकलाई फरार हुन सहयोग गरेको आरोपमा सवारी धनी हेटौडा उपमहानगरपालिका–१९ की ४३ वर्षीया राधिका बि.क. विरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी म्याद थपसहित अनुसन्धान अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*