मकवानपुरमा एसईई परीक्षार्थी संख्या घट्यो, ७,१९२ विद्यार्थी सहभागी हुँदै

संवाददाता
२०८२ चैत्र ५, बिहीबार १३:४०

हेटौंडा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा मकवानपुरबाट ७ हजार १ सय ९२ विद्यार्थी सहभागी हुने भएका छन्। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा गत वर्षको तुलनामा परीक्षार्थी संख्या घटेको देखिएको छ।

गत वर्ष ७ हजार ४ सय ५६ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष संख्या कम हुनुमा विद्यालयहरूले योग्यता परीक्षामै कम विद्यार्थी सहभागी गराउनु मुख्य कारण रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

जिल्लाका १० वटै स्थानीय तहमा २८ वटा परीक्षा केन्द्र तोकिएको छ। सम्बन्धित निकायका अनुसार परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा भइसकेको छ।

संख्या घटे पनि परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू सक्रिय रूपमा लागिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*