गगन थापाको राजीनामा, पार्टी सुधारमा सक्रिय रहने प्रतिबद्धता
काठमाडौं । गगन थापा ले आफूले दिएको राजीनामा पराजयको भावना नभई जिम्मेवारीबोधबाट आएको बताएका छन्।
उनले उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएको पत्रमा लोकतान्त्रिक संस्कारअनुसार परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य भएको उल्लेख गरेका छन्।
थापाले आफ्नो कार्यकालमा देश, लोकतन्त्र र पार्टीको हितमा निर्णय गरेको दाबी गर्दै सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको कामबाट अलग नहुने बताएका छन्।
उनले आगामी दिनमा देशभरि पुगेर कार्यकर्ता र नागरिकसँग संवाद गर्ने, सुझाव लिने र पार्टी सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै, समर्थक र शुभेच्छुकबाट आएका सन्देशहरूले आफूलाई थप ऊर्जा र विश्वास दिएको पनि उनले बताएका छन्।











