समानुपातिकतर्फ ५० लाख मत कटाउने पहिलो दल बन्यो रास्वपा

संवाददाता
२०८२ फाल्गुन २६, मंगलवार १३:०३

काठमाडौं । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा अहिलेसम्म ५० लाख १५ हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।

समानुपातिक प्रणालीमा ५० लाख मत कटाएर रास्वपाले नयाँ कीर्तिमान कायम गरेको आयोगले जनाएको छ। पछिल्ला निर्वाचनहरूमा कुनै पनि राजनीतिक दलले ५० लाख मत प्राप्त गर्न सकेका थिएनन्।

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा निर्वाचन आयोग का अनुसार हालसम्म १ करोड ४ लाख ४५ हजार ८१५ मत गणना भइसकेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*