राजनीति

गगन थापाको राजीनामा, पार्टी सुधारमा सक्रिय रहने प्रतिबद्धता

काठमाडौं । गगन थापा ले आफूले दिएको राजीनामा पराजयको भावना नभई जिम्मेवारीबोधबाट आएको बताएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएको पत्रमा लोकतान्त्रिक संस्कारअनुसार परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य भएको उल्लेख गरेका छन्। थापाले आफ्नो कार्यकालमा देश, लोकतन्त्र र पार्टीको हितमा निर्णय गरेको दाबी गर्दै सभापतिबाट राजीनामा दिए पनि...

जेन–जी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा, मन्त्री देवकोटाद्वारा निरीक्षण

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मतसम्भार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । मङ्गलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौंडास्थित ४ वटा मन्त्रालय रहेको पाँचतले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनहरूको निरीक्षण...

समानुपातिकतर्फ ५० लाख मत कटाउने पहिलो दल बन्यो रास्वपा

काठमाडौं । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहँदा अहिलेसम्म ५० लाख १५ हजार ५ सय ५२ मत प्राप्त गरेको छ । समानुपातिक प्रणालीमा ५० लाख मत कटाएर रास्वपाले नयाँ कीर्तिमान कायम गरेको आयोगले जनाएको छ। पछिल्ला निर्वाचनहरूमा कुनै पनि राजनीतिक दलले...

भुटानी प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् । प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई...

प्रत्यक्षतर्फको मतगणनामा रास्वपाले एक सय सिट जित्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो । दोस्रोमा नेपाली कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट...

मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरर्दै विजयी भएका हुन्। उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली...

झापा ५ मा बालेन शाह निर्वाचित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे...

रुकुम पूर्वमा प्रचण्डको विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वमा विजयी भएको छ । नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।

चितवन–२ मा रवि लामिछानेको अग्रता

चितवन । चितवन–२ मा रास्वपा उम्मेदवार सभापति रवि लामिछानेले अग्रता लिएको छ । सुरुवातमा पछि परेका लामिछानेले अहिले १ हजार १५८ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् । रास्वपाका लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् । घिमिरेले ९०८ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ७७५ र कांग्रेसकी मिना...

झापा ५ मा बालेन्द्र शाहको अग्रता

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाअनुसार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पछि पार्दैं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् । कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएदा अध्यक्ष ओलीले ३८४ मत मात्रै...