चितवन–२ मा रवि लामिछानेको अग्रता
चितवन । चितवन–२ मा रास्वपा उम्मेदवार सभापति रवि लामिछानेले अग्रता लिएको छ । सुरुवातमा पछि परेका लामिछानेले अहिले १ हजार १५८ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।
रास्वपाका लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।
घिमिरेले ९०८ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ७७५ र कांग्रेसकी मिना खरेलले ५३९ मत पाएकी छिन् ।











