झापा ५ मा बालेन्द्र शाहको अग्रता
काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाअनुसार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पछि पार्दैं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।
कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएदा अध्यक्ष ओलीले ३८४ मत मात्रै ल्याएका छन् ।











