मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी

संवाददाता
२०८२ फाल्गुन २४, आईतवार ०७:४५

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरर्दै विजयी भएका हुन्।

उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भए। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो। २५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छो सांसद बन्ने भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*