राजनीति

आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य...

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गर्नुभएको छ । उहाँले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताउनुभएको हो । अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी...

पत्रकार भोजराज थापा रास्वपाबाट चुनाव लड्ने तयारीमा

काठमाडौं । चर्चित पत्रकार भोजराज थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट चुनाव लड्ने तयारीमा लागेका छन्। पत्रकारितासँगै समाजसेवामा सक्रिय रहेका थापा निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट चुनाव लड्ने जर्मको गरिरहेका छन् । थापा र रास्वपाका शीर्ष तथा स्थानीय तहका नेताहरूबीच पछिल्ला दिनमा निरन्तर संवाद चलिरहेको बताइएको छ,भने पछिल्लो...

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधनः के–के भयो परिवर्तन ?

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो । सो अवसरमा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा...

दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ । सरकार र प्रसाई समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराईएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिनुभयो । प्रसाईं समूहले...

ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी हुनुहुन्न । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम मधेश प्रमुख...

निकोलस भुसाललाई छाड्न सर्वोच्च अदालतले गर्यो अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई छाड्न अस्वीकार गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सक्न विपक्षी गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । भड्काउपूर्ण अभिव्यक्तिपछि...

नेपाली कम्युनिस्ट पार्टीलाई अध्यक्ष ओलीले दिए ज्येष्ठ नागरिक आश्रमको संज्ञा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्के आन्दोलन भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको एमालेको ‘घर फर्क अभियान’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको भन्दै त्यसबाट सार्वभौम जनताले छानेको सर्वोच्च...