नेपाली कम्युनिस्ट पार्टीलाई अध्यक्ष ओलीले दिए ज्येष्ठ नागरिक आश्रमको संज्ञा

संवाददाता
२०८२ कार्तिक २५, सोमबार १८:१८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्के आन्दोलन भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको एमालेको ‘घर फर्क अभियान’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको भन्दै त्यसबाट सार्वभौम जनताले छानेको सर्वोच्च प्रतिनिधि संस्था विघटन गरिएको बताए । सो क्रममा नगर्नुपर्ने र नराम्रा काम भएको समेत उनले बताए ।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीलगायत पार्टीमा निस्वार्थ फर्किएको भन्दै पार्टीले त्यसलाई कदर गर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिए । उनले बुढाहरू उनीहरूको पार्टीमा गएको तर युवाहरू काम गर्नेहरू एमालेमा फर्किएको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*