ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल

संवाददाता
२०८२ कार्तिक २७, बुधबार १४:२८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ ।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताउनु भयो ।

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*