राजनीति
१२५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ताः राजनीतिक दलहरुले खोजे शान्ति सुरक्षाको ग्यारेन्टी
काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय २५ वटा राजनीतिक दलहरु दर्ता भएका छन् । शुक्रवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएको बताउनु भयो । उहाँकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरुले अघिल्लो आर्थिक वर्षमा...
लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै प्रदेश सरकार
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ। उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता राख्दछ। तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद...
मेयर साहको राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस...
नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनुभएको छ । नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको हो । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट...
हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गर्नुभयो...
जेन–जी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार राहदानीको माग
काठमाडौं । जेन–जी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो । जेन–जी आन्दोलनका कारण केही राहदानी जलेको...
बागमती प्रदेशसभा ठप्प: कांग्रेस–एमालेबीच सभामुख पदमा सहमति नजुट्दा बैठक बस्न सकेन
हेटौंडा । बागमती प्रदेशमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच सभामुख पदको भागबण्डा टुंगोमा नआउँदा प्रदेश सरकार सञ्चालनमै असर पर्न थालेको छ। राजनीतिक शक्ति सन्तुलनका हिसाबले संवेदनशील बनेको सभामुख पदका कारण प्रदेशसभा मात्र होइन, सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसमेत ठप्प भएको छ। सभामुख भुवन कुमार पाठकले...
निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी
काठमाडौं । गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ । घोषित मितिमा निर्वाचन...
माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो ।...
राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो । कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गर्नुभएको हो । उहाँ कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनुहुनेछ...










