मेयर साहको राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी

संवाददाता
२०८२ कार्तिक २१, बिहीबार १६:१५

काठमाडौं ।  नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जाहेरी दिएको छ ।

बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेख्नुभएको थियो । केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ ।

जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ । जाहेरीमा नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको भन्दै युवासंघले जाहेरी दिएको छ । मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ ।

जाहेरीमा प्रचलित कानूअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*