राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो ।
कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गर्नुभएको हो । उहाँ कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनुहुनेछ ।
उहाँलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गर्नुभयो । पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भाग लिन मन्त्रीपरिषद्को बैठकले गत बुधवार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।











