Banner News

जडीबुटी रोपेर औषधि बनाउँदै आँखाका ज्योति गुमाएका बजगाँई

मकवानपुरगढी गाउँपालिका – ६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजातनै समस्या थियो। तर आफूले आँखाको ज्योतिनै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एक दिन यस्तो कहाली लाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दनै भए। बजगाईले रातदिन सोच्न थाले, “मेरो आँखाले...

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरलाई सानो गौचरणमा श्रद्धाञ्जलीकाे लागि राखिदैं

काठमाडौँ  । नेपालका पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर आज बिहान ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। उनका परिवार र नातेदारहरूले जानकारी गराएका छन् कि श्रद्धाञ्जली कार्यक्रमपछि ढुङ्गानाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ। पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।...

पालिका उपचुनावको तयारी अन्तिम चरणमा, उम्मेदवारको नामावलि प्रकाशनको प्रक्रिया सुरु

काठमाडौं । यस वर्षको मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि उम्मेदवारको मनोनयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आज, निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको विरोधमा उजुरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइनेछ। भोलि बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ...

हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी दर्ता

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको ठूलो प्रतिस्पर्धा देखिएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा वडाध्यक्ष पदको लागि कुल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस वडामा विभिन्न राजनीतिक दलहरूको प्रचण्ड प्रतिस्पर्धा छ, जसले निर्वाचनलाई अत्यन्तै रोचक बनाइदिएको छ। वडाध्यक्ष पदको...

मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु

काठमाडौ । स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु हुँदैछ। आज मङ्सिर ३ गते बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता पछि, उम्मेदवारहरूको सूची आज साँझ ५ देखि ६ बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगका जनाएको छ । उपनिर्वाचनका लागि ३८ वटा...

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौ । आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । पालिकामा हुन लागेको उपचुनावका लागि निर्वाचन आयोगले आजदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई चुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगकाअनुसार नेपाल सरकार र मन्त्री,...

कृष्ण भटराई र नितु पौडेलको आवाजमा ‘ पिरतीले सल्काइदेउ ’ गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘ पिरतीले सल्काइदेउ ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा कृष्ण भटराई र नितु पौडेलको आवाज रहेको छ । त्यस्तै, उक्त गीतमा लोक राईको शब्द रहेको छ, भने बाबुल गिरीको संगीत / एरेन्ज रहेको छ । उक्त गीतको...

मकवानपुर हेटौंडा १२ मा उपनिर्वाचन राजनीतिक दलहरूको कडा प्रतिस्पर्धा

हेटौंडा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१२ मा राजनीति माहोल तातेको छ । यस उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धा यस क्षेत्रका प्रमुख राजनीतिक दलहरू बीचमा कडा प्रतिस्पर्धामा परिणत भएको छ। २०७९ सालको स्थानीय निर्काचनमा हेटौंडा-१२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका ललितबहादुर घलान विजयी भएका...

गायिका इन्दिरा गोलेलाई क्यान्सर, उपचारमा सहयोग गर्न आग्रह

ललितपुर  । लोक तथा दोहोरी गीतका स्थापित गायिका ललितपुरको कोज्योसोम गाउँपालिका -५, भारदेउकी इन्दिरा गोलेलाई पेटको भागमा प्राणघातक क्यान्सर ( अर्बुद ) रोगका कारण बिरामी परेकी छिन् । गोलेलाई बचाउन नेपाल तामाङ कलाकार संघ, म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङले संयुक्त रूपमा ‘ गायिका इन्दिरा गोले बचाउ अभियान ’ शुरु...

हेटौंडा १५ रातोमाटेमा ३१ केजी १२० ग्राम गाँजा बरामद

हेटौंडा । आज हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे चेकपोइन्टबाट ३१ केजी १२० ग्राम गाँजा सहित दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय शंकर स्याङतान र ४० वर्षीय रामशरण प्रजा रहेका छन्। अटोमा लासी गर्दा गाँजा लुकनई छिपाई राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक...