हेटौंडा १५ रातोमाटेमा ३१ केजी १२० ग्राम गाँजा बरामद
हेटौंडा । आज हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे चेकपोइन्टबाट ३१ केजी १२० ग्राम गाँजा सहित दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय शंकर स्याङतान र ४० वर्षीय रामशरण प्रजा रहेका छन्। अटोमा लासी गर्दा गाँजा लुकनई छिपाई राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।
मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोमा लागूऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ ।