Banner News

मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदै

हेटौंडा । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशभरका विभिन्न मठ-मन्दिरमा शतबीज छरिँदैछ । बत्ति बालेर रात भर जागाराम बसेका भक्तजनले बिहानै नदीमा दीप सेलाएर पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज...

३७औ विश्व एड्स दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

हेटौंडा । विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ए.एच.एफ.नेपाल मकवानपुर र स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको हो। एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौूँ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान...

हेटौंडा १९ नम्बर वडा बालमैत्री वडा घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाई निकृष्ट बालस्रम्मुक्त , बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रम कि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको हाे । बालमैत्री वडा हुन...

अटोको ठक्करबाट ६८ वर्षीय राईको मृत्यु

हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा सोमबार बिहान एक दुःखद दुर्घटना घटेको छ। हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले सडक पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दियो। दुर्घटनामा परी ६८ वर्षीय जनक राईको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला...

हेटौंडाको नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी

हेटौंडा । हेटौंडा–५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी भएको छ । भैरवरोड हेटौडाको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । उक्त आगो नेपाल प्रहरी, हेटौडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र हेटौडा उपमहानगरपालिकाको २...

मंसिर १८ गतेदेखि बारामा ‘ कृषि एक्स्पो गढीमाई -२०८१ ’ हुने, १५० भन्दा बढी स्टलहरु रहने

बारा । कनेक्ट किसानको आयोजनमा मंसिर १८ गतेदेखि २४ गतेसम्म बारामा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ हुने भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ,...

हेटौंडा ३ तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्ड तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना प्रहरीले पक्राउ परेका छन् । गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति

हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति गरिएको छ। सो नियुक्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गरिएको हो । जसमा दुई महिलासहित चार सदस्यको नाम सार्वजनिक गरिएको छ। नियुक्त सदस्यहरूमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्का रहेको सरकारका प्रवक्ता आन्तरिक...

उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे । उक्त बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो । हिजो...

बिक्रम बुढाथोकी, साया भण्डारीको अभिनय रहेको ‘ यो हुन सक्दैन ’ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

काठमाडौं  । गायक प्रमोद खरेलको आवाज रहेको ‘ यो हुन सक्दैन ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द तथा संगीत रोशन सिंहको रहेको छ । उक्त गीतको भिडियोमा बिक्रम बुढाथोकी, साया भण्डारी र कमल सुनारको अभिनय रहेको छ । उक्त गीत मारुनी रेकडिङ स्टुडियोमा रेकर्ड...