बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति
हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति गरिएको छ। सो नियुक्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गरिएको हो । जसमा दुई महिलासहित चार सदस्यको नाम सार्वजनिक गरिएको छ।
नियुक्त सदस्यहरूमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्का रहेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।
मन्त्री लामिछानेका अनुसार, एक सदस्यको कार्यकाल अझै बाँकी रहेकोले हालका लागि चार जनालाई परिषद्मा नियुक्त गरिएको हो।