मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदै
हेटौंडा । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशभरका विभिन्न मठ-मन्दिरमा शतबीज छरिँदैछ । बत्ति बालेर रात भर जागाराम बसेका भक्तजनले बिहानै नदीमा दीप सेलाएर पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै आफ्नो नजिकको नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्ने गर्छन् ।
भक्तजनहरुले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानमा भक्तजनको भिड लाग्ने गर्छ ।