अटोको ठक्करबाट ६८ वर्षीय राईको मृत्यु

संवाददाता
२०८१ मंसिर १४, शुक्रबार ११:४३

हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा सोमबार बिहान एक दुःखद दुर्घटना घटेको छ। हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले सडक पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दियो। दुर्घटनामा परी ६८ वर्षीय जनक राईको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। । राई हेटौडा–६ स्थित शान्तिटोलमा बस्ने व्यक्ति थिए।

अटोको ठक्करबाट राईको टाउको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि हेटौडा अस्पतालले पुरानो मेडिकल कलेज, भरतपुर चितवनतर्फ रिफर गरिएको थियो। तर, उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिए।

प्रहरीले अटो चालकको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*